मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४१ करोड ९० लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार १० : ५५ बजे