अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

विश्व बैङ्कको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने पानी आपूर्ति नेटवर्कको निर्माण सुरु भएको टोलो न्यूजले जनाएको छ ।

२ करोड अफगानको लागतमा ब्यान्ड, खोग्यानी र जानखान जिल्लामा निर्माण पहलहरू भइरहेका जनाइएको छ । परियोजना पूरा भए पछि यस क्षेत्रका करिब एक हजार परिवारलाई स्वच्छ पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका परियोजना कार्यान्वयन प्रमुख सइद–उर–रहमान सइदले ’गजनीको खोग्यानी, अब बन्द र जानखान जिल्लामा ३ वटा जलापूर्ति आपूर्ति नेटवर्कको निर्माण सुरु भएको उल्लेख गर्दै १ हजार घर परिवारहरू यसबाट लाभान्वित हुने बताएका छन् ।

स्थानीय बासिन्दाहरूले लामो खडेरी पछि पिउने पानीको पहुँचमा गम्भीर चुनौतिहरूको सामना गरिरहेको जनाउदै निरन्तर सहयोग गर्न आग्रह गरेका छन् ।

गजनीको अब बन्द जिल्लाका बासिन्दाहरुले गाउँका ३०० घर मध्ये ९० प्रतिशत घरमा पानी नभएको उल्लेख गर्दै बाँकी १० प्रतिशतले टाढाका क्षेत्रबाट कार र मोटरसाइकलबाट पानी ल्याउने गरेको जनाएका छन् ।

टोलो न्यूजले रिपोर्ट गरे अनुसार गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका अनुसार विश्व बैङ्कको सहयोगमा यस वर्ष प्रान्तका विभिन्न जिल्लाहरूमा १० वटा सफा पिउने पानी आपूर्ति नेटवर्कहरू सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार १५ : २४ बजे