बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–८ क्षेत्रमा लुकीछिपी बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्तालाई नियन्त्रणमा लिएको हो।

पर्सा जिल्ला अदालतको फैसला अनुसार गुप्तालाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। उनी साविक सबैठवा गाविस–९ घर भई हाल वीरगञ्ज महानगरपालिका–५ मा बस्दै आएका थिए।

पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार ११ : ४७ बजे