पाथीभराको भेटी १ करोड ६ लाख

पाथीभराको भेटी १ करोड ६ लाख

ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

प्रकाशित मिति: १ जेठ २०८३, शुक्रबार ०९ : ३३ बजे