१० तस्बिरमा हेनुस् 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६'

१० तस्बिरमा हेनुस् 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६'

काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आज भव्यताका साथ उद्घाटन गरिएको हो ।

एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

एक्स्पोमा ५५ वटा बढी ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिएका छन् ।

एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पो आजदेखि ६ दिनसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: २६ साउन २०८३, मंगलबार १३ : ३६ बजे