त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

काठमाडौँ । त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासिएको छ ।

लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडकको आधा भाग भासिएको छ ।

प्रकाशित मिति: ११ असोज २०८३, आइतबार १० : ०६ बजे