लक्ष्मी लघुवित्तको प्रतिशेयर आम्दानीमा करिब ७ रुपैयाँको सुधार

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर आम्दानीमा करिब ७ रुपैयाँले सुधार आएको छ । गत आवको यसै अवधिमा ३६ रुपैयाँ ६९ पैसा रहेको लघुवित्तको इपिएस ४३ रुपैयाँ ६१ पैसामा बढोत्तरी भएको हो ।

चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सकारात्मक प्रगति देखिएको हो । गत आवको तेस्रो त्रैमासमा तुलनामा लघुवित्तको खुद नाफा १८.८५ प्रतिशतले बढेर ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी, र सञ्चालक मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो।

बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तले यस अवधिमा कम्पनीले एक अर्ब १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन, एक अर्ब ८६ करोड सापटीबाट तीन अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ ।

कम्पनीको जगेडा कोष तीन करोड ५५ लाखले सुधारिएर २१ करोड ३७ लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी २१.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.५७ प्रतिशत बढेको छ ।

कम्पनीको निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात १७.६६ गुणा रहेको छ ।