बाईस अंकले बढेको बजारमा यी कम्पनीका शेयरधनीले धेरै नाफा कमाए

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से २२.३९ अंकले बढेर १३१४ दशमलव ३९ अंकमा पुगेको छ। बजारले बुलिस प्रवृत्ति अंगिकार गर्दा विगत भन्दा आइतबार फरक परिदृश्य देखा परेको छ ।

यसअघि बैंकिङ्ग इन्डेसमा वृद्धि देखिँदै आएकोमा आइतबार लगानीकर्ताहरु बैंकबाट बुक गरेको नाफा बीमामा लगानी बढाउन थालेका छन् । आइतबारको बजारमा शिर्ष शेयरमूल्य बढ्ने १० कम्पनीको सूचीमा पाँच बीमा कम्पनी छन् ।

आइतबारको बजारमा १७६ कम्पनीको शेयर कारोबार भएकोमा १२७ कम्पनीका शेयरधनीले कमाएका छन् भने ४४ कम्पनीका शेयरधनीले आइतबारको बजारबाट गुमाएका छन्। पाँच कम्पनीको मात्र शेयरमूल्य स्थिर रह्यो। आइतबार २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ भने १५ कम्पनीका शेयरधनीले २ देखि ४ प्रतिशतका दरले गुमाएका छन्।

आरएमडिसी लघुवित्त, एशियन लार्यफ, डिप्रोक्स, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी संस्थापक, एलआईसी, नेपाल लाईफ र गुरासँ लाईफका शेयरधनीलले दश प्रतिशतका दरले नाफा कमाएका छन् ।

उता सनराइज बैंकका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतले गुमाएका छन् भने रिलायन्स फाइनान्स र सांग्रीला डेभलपमेन्ट बैंककोे शेयरधनीले ३ प्रतिशत बढीले गुमाएका छन् ।कर्णली विकास बैंक, नेपाल बंगलादेश, लक्ष्मी, सिभिल, जनता, सहयोगी विकास बैंक र सामुदायिक लघुवित्तका शेयरधनीले २ प्रतिशत धेरैले गुमाएका छन् ।

पछिल्लो पटक यसअघि एघार महिना अगाडि २०७५ जेठ १६ गते बुधबार नेप्से १३२२.२७ अंकमा रहेको थियो। सो पश्चात निरन्तर घटिरहेको नेप्से २०७६ बैशाख १५ आइतबार आइपुग्दा १३१४ दशमलव ३९ अंकको उचाईमा पुगेको हो।

कारोबार रकमका आधारमा पनि आइतबारको कारोबार रकम दुई वर्ष १५ दिन पश्चातको ठूलो हो। २०७३ चैत ३० गते अर्थात २०१७ अप्रिल १२ तारिखका दिन दुई अर्ब ७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। सो दिन नेप्से ६.७५ अंकले घटेर १७०३.०७ अंकमा बन्द भएको थियो।

यसअघि गत फागुन २ गते दुई अर्ब १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। सो दिन नेप्से ८.२१ अंकले घटेर परिसूचक १११२ दशमलव ८७ अंकमा झरेको थियो। यसै दिन एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैंयाको एभरेष्टको संस्थापक शेयर म्यानुअल कारोबार गराएका थिए। राष्ट्र बैंकले लाभांश बितरणमा रोक लगाएपछि सो कारोबारले उल्लेख्य शेयर कारोबार भएको देखिएपनि रेगुलर कारोबार रकम भने २५ करोडभन्दा थोरै थियो।

नयाँ वर्ष यता नेप्से सूचक १३० अंकले बढीसकेको छ भने बैशाख ९ गते ७.२६ अंकले करेक्शन आयपश्चात पनि नेप्सेमा ५८ अंकको वृद्धि देखिएको छ। 

आइतबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक २२.३९ अकंले बढेर १३१४.५१ विन्दुमा पुगेको छ । नयाँ बर्ष लागेयता निरन्तर बढेको बजार नयाँ उचाईमा पुगेको हो । यस्तै कारोबारमा देखिएको लगातारको वृद्धि कायमै रहदा यो बर्षकै उच्च कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर एक अर्ब ६७ करोड ५९ लाख रुपैयाँ खरिद बिक्री भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा ३२ करोड बढी हो । गत विहीबार एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भएको थियो ।