स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ पनि वैशाख २७ गतेदेखि खुल्ने

0
Shares

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि यही बैशाख २७ गतेदेखि आइपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले एक करोड ९८ लाख रुपैयाँ बराबरको कुल १ लाख ९८ हजार ६१० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।

कुल निष्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ ।

उक्त आइपिओमा छिटोमा बैशाख ३१ गतेभित्र र ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपिओपछि ६ करोड १८ लाख पुग्नेछ।