फरवार्ड कम्युनिटीको नाफामा समान्य सुधार


फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा १० प्रतिशले मात्र वढाएको छ । माइक्रोफाइनान्सले सो अधीमा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १०.६७ प्रतिशतले धेरै हो ।

गत आवको सो अवधीमा माइक्रोफाइनान्सले २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । हाल चुक्ता पूँजी ३७ करोड ७६ लाख रुपैयाँ रहको माइक्रोफाइनान्सको सञ्चित कोषमा ८० करोड ५५ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्ममा चार अर्ब ३३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले चार अर्ब ७७ करोड ३ लाख रुपैयाँ ऋण लिएर ९ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सले ५९ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो खुद ब्याज आम्दानी २७.५९ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा माइक्रोफाइनान्सले ४६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
हाल माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशत छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ८३ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ २९ पैसा छ ।