जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

0
Shares

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि बिक्रीमा ल्याएको साधारण शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको आइपिओ निष्काशन गरेका हुन्।

जनसेवी लघुवित्तले प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो। लघुवित्तले निष्काशन गरेको कूल चार लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीकालागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

यसैगरि स्वाभिमान लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एक लाख ९८ हजार ६१० कित्ता आइपिओमा आवेदन गर्ने पनि आज अन्तिम दिन हो । कूल निष्काशित सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।

आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

दुबै लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

जनसेवीमा ११.५० गुणा र स्वाभिमानको आइपीओ २६.६८ गुणा ओभरसब्स्क्राइब्ड 

आइपिओ खुलेको तेश्रो दिन सोमबार साँझ ५ बजेसम्म जनसेवीमा ११.५० गुणा र स्वाभिमानको आइपीओ २६.६८ गुणाले ओभरसब्स्क्राइब्ड भइसकेको छ । जनसेवी लघुवित्तको आइपिओमा २ लाख ७७ हजार ४३७ आवेदकबाट ४९ लाख ८२ हजार ८६० कित्ताका लागि आवेदन परेको छ ।

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सको आइपिओमा २ लाख ७० हजार ८०८ आवेदकबाट ४९ लाख ५३ हजार १७० कित्ताका लागि आवेदन परेको छ ।

जनसेवीको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ भने स्वाभिमानको सिद्धार्थ क्यापिटल मार्केट लिमीटेड रहेको छ ।