शेयर बजारमा सुधार: पाँच अर्बको कारोवार, छ कम्पनीको शेयर सूचीकृत

0
Shares

शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो ।

यस साता करीब पाँच अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ ।

स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ किक्ता शेयर चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो ।

साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो । कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५।०३ विन्दुमा पुग्यो । आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ किक्ता शेयर ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बिक्री भए ।

त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ उक्लियो । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ किक्ता शेयर ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री धए ।

त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर

एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । सो दिन कारोवार मापक नेप्से ५.५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो । स्टकका अनुसार बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ किक्ता शेयर एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरीद बित्री भए ।

बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झर्‍यो ।

स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर  ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । यस साता स्टकका विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए ।

त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर सूचीकृत भयो । त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता शेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता शेयर लाभांश सूचीकृत भयो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता शेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण शेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।