स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा निष्काशन गरेको आईपिओ आइतबार बाँडफाँड हुने भएको छ ।
स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने भएको हो ।
स्वाभिमानको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ
स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो ।
कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
प्रतिक्रिया