जनसेवी लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने, ८६ प्रतिशतले आवेदकले शेयर नपाउने

0
Shares

जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओे सोमबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा कुल ४ लाख ६३ हजार ३०० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

उच्च आवेदन परेका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १४ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८६ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ।