नेप्से लगातार तेस्रो दिन झर्यो, एक अर्ब २२ करोडको कारोबार 

0
Shares

शेयर बजार परिसूचक नेप्से घट्ने क्रमले तेस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । गत बिहीबार र आइतबार समान्य ऋणात्मक रहेको परिसूचक सोमबार करिब दोहोरो अंकले घटेको हो ।

सोमबार नेप्से परिसूचक ९.१३ अंकले ओरालो लागेर १३०७.७१ बिन्दुमा झरेको छ। यस दिन १७२ कम्पनीका ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड ५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन्।

कारोबारमा आएका ११ उपसमूहको सूचकमध्ये ९ वटा समूहको सूचक ऋणात्मक बनेका छन् भने दुई सकारात्मक रहे। जलविद्युत्त १६.५९ अंक र अन्यको सूचक २.७६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ११९.२५ अंकले घटेको छ ।

यसैगरि जीवन बीमा ८५.४४, उत्पादन तथा प्रशोधन ५२.६९, विकास बैंक २०.३५, वित्त १९.९६, लघुवित्त १६.८२, बैंकिङ्ग ७.२७, होटल ४.५८ र म्युचुअल फण्डको सूचक ०.१९ अंकले नकारात्मक रहे।

सोमबार शिवम् सिमेन्ट र नेपाल बैंकको उच्च कारोबार भएको छ । कारोबार रकमको आधारमा शिबम् सिमेन्टस्को ३ लाख ९९ हजार १७१ कित्ता शेयर २५ करोड २१ लाख रुपैयाँ किनबेच भएको छ । शेयर संख्याको आधारमा नेपाल बैंकको सबैभन्दा धेरै ६ लाख ७७ हजार ९८७ कित्ता शेयर २३ करोड २१ लाख रुपैयाँमा कारोबार भयो।

यस दिन साना कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, सिन्धु विकास बैंक, बेष्ट फाइनान्स र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ९ धेरैले बढेको छ ।

पाँचथर पावर कम्पनीको सबैभन्दा धेरै ७.७६ प्रतिशतले गुमाउँदा मिथिला लघुवित्त ७.२५, शिबम् सिमेन्ट ५.४० र रिडि हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५ प्रतिशतले घटेको छ ।