नेप्से ८.७८ अंकले घट्यो, ६१ करोडको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से सूचक सोमबार ८.७८ अंकले घटेर १२७५.८२ बिन्दुमा झरेको छ। यसदिन १७३ कम्पनीको २० लाख ७२ हजार ३०४ कित्ता शेयर ६१ करोड तीन लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

सोमबार कारोबारमा आएका ११ वटा उपसमूह कारोबारमा आएकोमा ३ समूह उकालो लागेका छन् भने बाँकी आठमा गिरावट देखिएको छ । यसदिन एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ४ करोड १८ लाख रुपैयाँभन्दा धेरैको शेयर खरिद बिक्री भयो। शिवम् सिमेन्ट्स र सिद्धार्थ बैंकको क्रमश क्रमशः दोस्रो र तेस्रो ठूलाो कारोबार भएको छ ।

यसदिन वल्र्ड मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सका ेरैशेयरमूल्य सबैभन्दा धेरै ७.६१ प्रतिशतले बढेको छ भने तारागाउँ होटेलका शेयरमूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशतले घटेको छ।