विकास बैंकहरुले पनि मागे ब्रोकर लाइसेन्स, मर्जरमा जान थप सुविधा चाहिने

0
Shares

डेभलपमेन्ट बैकर्स एशोसिएन नेपालले विकास बैंकहरुलाई धितोपत्रको व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग गरेको छ । एशोसिएसनले केन्द्रिय बैंकलाई आगामी मौद्रिक नीतिको राय सुझाब बुझाउँदै उक्त माग गरेको हो ।

एशोसिएसनले राष्ट बैंकलाई बुझाएको सुझाब पत्रमा ‘ख’ वर्गका  बैंकहरुलाई छुट्टै सहायक कम्पनी स्थापना गरी धितोपत्रको कारोबार गर्न दिनुपर्ने उल्लेख छ ।

त्यस्तै राष्ट्रिय स्तरका विकास बैकहरुको ब्याजदर अन्तर (स्प्रेड) परिवर्तन नगर्न र क्षेत्रीय स्तरका विकास बैंकहरुको पुनराअवलोकन गर्न सुझाब दिएको छ । ब्याजदर अन्तर गणना गर्दा संचालन लागतलाई पनि स्रोतको लागतमा गणना गनुपर्ने माग संघले राखेको छ ।

यसैगरी प्रतितपत्र कारोबार गर्नु दिनुपर्ने, पुनरकर्जाको सिमा र अवधि बढाउनुपर्ने, विपन्न कर्जाको सम्बनधमा पनि परिमार्जन गर्नुपर्ने सुझाब राखेको छ । निक्षेप सुरक्षणको व्यवस्था पुनर्विचार, निक्षेप संरचना परिमार्जन गर्नुपर्ने माग पनि संघको छ ।

त्यस्तै विकास बैंकहरुले कृषि क्षेत्रमा तोकेको भन्दा बढी रकम लगानी गरेमा सो रकमलाई कर्जा निक्षेप अनुपातमा घटाई ,कर्जा निक्षेप अनुपात (सिसिडि) कायम गर्न पाउनुपर्ने माग गरेको छ ।

विकास बैंकहरुलाई समेत क्रेडिट कार्ड तथा वैदेशिक मुद्रामा प्रिपेड कार्ड जारी गर्न दिनुपर्ने तथा मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन दिन ब्याजदर अन्तर, डिजिटल सेवा तथा शाखा विस्तारमा थप सुविधा दिनुपर्ने माग समेत अघि सारेको छन् ।