काठमाडौँ । सेयर बजारमा बिक्री चाप बढ्दा बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घटेको छ। अघिल्लो दिन सामान्य वृद्धि देखिएको बजारमा यस दिन १०.८९ अंकको गिरावट आएको हो। यससँगै नेप्से परिसूचक २६३६=७५ विन्दुमा झरेको छ।
यस दिन बजारमा ३५५ कम्पनीका १ करोड ४६ लाख ६३ हजार १८५ कित्ता सेयर किनबेच भएका छन्। कुल ४९ हजार ६६९ पटकको कारोबारबाट ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार भने नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा पुगेको थियो। उक्त दिन ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यसरी बुधबारको तुलनामा बिहीबार कारोबार रकमसमेत घटेको छ।
बिहीबारको कारोबारमा केही कम्पनीको सेयर मूल्य बढे पनि अधिकांश कम्पनीको मूल्यमा दबाब देखिएको छ। युनियन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.८८ प्रतिशतले बढेको छ। लक्ष्मी उन्नती कोषको इकाई मूल्य ४.२९ प्रतिशत, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ३.९८ प्रतिशतले बढेको छ ।
यता, एलएस होरिजोन १२ को इकाई मूल्य ४।७६ प्रतिशतले घटेको बजारमा एभरेष्ट कलरको सेयर मूल्य ४.६० प्रतिशत, सर्वोत्तम पेन्टको सेयर मूल्य ३.४८ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले र जनउत्थान लघुवित्तको सेयर मूल्य ३.४१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा अग्रस्थानमा रहेको छ। कम्पनीको २४ करोड ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबार भएका कित्ता संख्या र कारोबार संख्याका आधारमा पनि हिमालयन ऊर्जा नै शीर्ष स्थानमा रह्यो। कम्पनीका ८ लाख ६ हजार ४३ कित्ता सेयर १ हजार ९६५ पटक किनबेच भएका छन्।
