शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक बन्ने, भागर्वलाई एक्वायर गर्न पायो सहमति

0
Shares

साना साना विकास बैंकहरुलाई गाभ्दै राष्ट्रियस्तरको विकास बैंक बन्ने लक्ष्यमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।

शाइन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकले गाभ्ने गाभिने सम्बन्धि विनियमावली २०७३ को विनियम बमोजिम सम्झौता गरेका थिए । भार्गवको नेपाल स्टक एक्सचेञ्जमा गत जेठ १ गतेदेखि शेयर कारोबार रोक्का भएको छ ।

यसअघि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले र पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति गरेको थियो ।

एकतापछि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिने छ ।

यसअघि शाइन रेसुङ्गा बैंकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।

शाइन रेसुङ्गाको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख, पूर्णिमाको ५५ करोड १२ लाख र भागर्वको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ ।