सेयर बजार ३० करोडको कारोबार, मल्टिप्रपोज फाइनान्सको सेयर मुल्य सर्वाधिक वढ्यो


सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक समान्य अंकले घटेको छ ।

मंगलबार २ अंक भन्दा धेरै घटेरेको सेयर बजारमा ३५ करोड रुपैयाँ बरावरको सेयर किनबेच भएको थियो । तर, बुधबार नेप्से परिसूचक ०.२० अंकले घटेको भएपनि कारोबार रकम ३० करोडमा सिमित भएको छ ।

सेयर बजार परिसूचकमा देखिने उतारचढाव भन्दा पनि कारोबार रकममा आएको गिरावटले लगानीकर्ता अझै पनि अन्योलमा रहेको देखिन्छ ।

आगामी आर्थिक वर्षको बजेट आएदेखि घट्दो क्रममा रहेको सेयर बजार अझै कायम रहेको छ ।

बजार परिसूचक संगै कारोबार रकममा पनि आएको गिरावटले सेयर बजार तत्काल नै फकर्ने भन्ने मानोविज्ञान लगानीकर्ता देखिएको छैन ।

बुधबार बैंकिङ, निर्जिवन बिमा, सामुहिक लगानी कोष, वित्त, जलविद्युत र होटल समुहमा आएको गिरावटले समग्र बजार परिसूचक घटेको हो ।

तर, विकास बैंक, वित्त, अन्य, जिवन बिमा र उत्पादनक मूलक समहुका लगानीकर्ताले कमाएका छन ।

बुधबार मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य सर्बाधि ९.६९ प्रतिशत अर्थत १९ रुपैयाँले वढेको छ । फाइनान्सले १.८.६५ प्रतिशत हकप्रद सेयर दिने प्रयोजनाका लागि आगामी ११ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको छ ।

फाइनान्सको हकप्रद सेयरमा लगानी गर्ने लगानीकर्ताले असार ११ गते बुधबार भन्दा अघि सेयर खरिद गरेर आफ्नो नाममा ल्याइसकेको हुनु पर्छ ।

फाइनान्सको हकप्रद सेयरका कारण लगानीकर्ताको अकर्षण देखिएको हो । बुधबार फाइनान्सको ८८ कारोबारवाट ४० लाख रुपैयाँ बरावरको १९ हजार ४० कित्ता सेयर खरिद बिक्री भएको छ ।

बुधबार नेप्सेमा १६९ कम्पनीको ४ हजार ४ सय २८ करोबारवाट ३० करोड ४१ लाख रुपैयाँ बरावरको ९ लाख ८० हजार ९ सय १९ कित्ता सेयर किनबेच भएको छ ।