नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा आज, यस्ता छन मुख्य प्रस्ताब

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने प्रस्ताव आज हुने विशेष साधारण सभाबाट पारित गर्दैछ । जेविल्स पनि सोहि प्रस्ताव पारित गराउन छुट्टै साधारणसभा बोलाएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा असार ६ गते बिहान १० बजे हुने बैंकको साधारण सभाले फाइनान्स एक्वीजिशन सम्बन्धी सम्पुर्ण प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गर्ने भएको हो। जस अनुसार जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन्।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ। जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ।

एक्वीजिशन गर्ने प्रयोजनको लागि जेविल्स फाइनान्सको चलअचल सम्पत्ति तथा दायित्व मूल्याङ्गन प्रतिवेदन (डीडीए) गर्न लेखा परिक्षक मूल्याङ्कन कर्ता नियुक्ती सम्बन्धमा पनि छलफल गर्नेछ ।

एक्वीजिशन पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनको लागि बैंकले जेठ २९ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार जेठ २८ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन्।