जेबिल्स फाईनान्स प्राप्ती गरेसँगै नेपाल इन्भेष्टमेण्ट बैंक अझै बलियो

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंकको शुक्रबार सम्पन्न विशेष साधारण सभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पूँजी करिब २८ करोड बढेर १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने बैंकको शेयरधनी कोष २५ अर्बको छ।

विशेष साधारण सभाले जेबिल्स फाईनान्सको १०० शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ३३ शेयर स्वाप अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो। यसअघि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२.५९ अर्ब र जेबिल्स फाईनान्स चुक्ता पूँजी ८४ करोड रुपैयाँ रहेको थियो।

जेबिल्स फाईनान्स प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै कायम रहेको छ । बैंकको कूल निक्षेप संकलन १४७ अर्ब तथा कूल कर्जा १३२ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरि बैंकमा हाल कायम रहेका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

इन्भेष्टमेन्ट बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवा दिँदै आइरहेको छ।