बैकिङ प्रणालीमा ५८ अर्ब अधिक तरलता, अन्तर बैंक ब्याजदर ह्वात्तै घट्यो

0
Shares

चालु आर्थिक वर्ष सकिन लाग्दै गर्दा वित्तीय प्रणालीमा रकम आउने क्रम बढेको छ । राष्ट्रका अनुसार सोमबारसम्म बैकिङ प्रणालीमा करिब ५८ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

सरकारको खर्च बढ्दै गएपछि केन्द्रीय बैंकबाट बैकिंङ प्रणालीमा पैसा आउँदा तरलता बढेको हो । असार मसान्तमा सरकारको भुक्तानीको क्रम अन्य समयमा भन्दा तुलनात्मक रुपमा बढ्ने गर्छ ।

बैकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदरमा समेत भारी गिरावट आएको छ । बजारमा प्रर्याप्त तरलता भएपछि अन्तरबैंक ब्याजदर तीन प्रतिशत भन्दा तल झरेको हो । बैंकहरुले २.९ प्रतिशतसम्म कारोबार गरेका छन् ।

तरलता अभाव हुँदा यसअघि बैकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशतसम्म पुगेको थियो । जसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले पटक पटक रिपो जारी गरेको थियो ।

यस्तै सरकारले यो महिनाको अन्तिममा ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । असार अन्तिममा राजश्व संकलन गर्ने र ४३ अर्ब रुपैयाँ थप आन्तरिक ऋण उठाउने भएकाले तरलतामा केही कमी आउने देखिएको छ ।