नेपाल इन्भेष्टमेन्ट बैंकमा जेविल्स फाइनान्स विलिन, आज देखि एकीकृत कारोबार

0
Shares

आजदेखि जेविल्स फाइनान्सको कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा हुने भएको छ । इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई गाभेर सोमबारदेखि एकीकृत कारोबार गर्ने भएको हो ।

इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ कित्ता शेयरको अनुपातमा एक्वायर गरेको हो । जस अनुसार जेविल्स फाईनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन्।

राष्ट्र बैंकले असार १२ गते एक्वीजिशनमा जान स्वीकृति प्रदान गरेसँगै असार ३० गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु गर्ने भएको हो।

हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेकामा एक्वीजिसनपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ।