माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, एक अर्ब ३२ करोड लाभांश बाड्ने क्षमता

0
Shares

माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्नेमा पहिलो बाणिज्य बैंक बनेको छ । बैंकका अधिकांस सूचकहरुमा बढोत्तरी देखिएको छ ।

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ७० करोड ३५ लाख खुद नाफा गरेकोे छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.३२ प्रतिशत बढी हो । अघिल्लो बर्ष बैंकले एक अर्ब २४ करोड खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३२ करोड वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ । यस आधारमा बैंकले १६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप करिब २० प्रतिशत तथा कर्जा करिब २१ प्रतिशतले बढेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी २९ प्रतिशत बढीले बढाएको छ ।

असारमसान्तसम्म बैंकले ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेर ७५ अर्ब २९ कर्जा लगानी गरेको छ । यसबाट ३ अर्ब ५३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

नाफामा भएको बढोत्तरी र चूक्ता पूँजी स्थिर रहँदा माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी समेत ३६ प्रतिशतले बढेर १५ रुपैयाँ ५१ पैसाबाट २१ रुपैयाँ १५ पैसा पुगेको छ । जसको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ छ । जगेडा भने केहि घटेर एक अर्ब ४५ करोडमा झरेको छ ।

माछापुच्छ्रेको आधार ब्याजदर १०.३७. प्रतिशत, कोषको लागत ७.८८ छ। बैंकको आधार ब्याजदर कोषको लागत दुवै घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा समेत घटेको छ । यस अवधिमा बैंकमा ०.३७ प्रतिशत खराब कर्जा छ । बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात १२.४८ गुणा रहेको छ।