लक्ष्मी लघुवित्तको अधिकांस सूचकमा उल्लेखीय सुधार, खराब कर्जा भने बढ्यो

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांंस सूचकहरुमा सुधार भएको गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले असार मसान्तसम्म ११ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७८ प्रतिशत धेरै हो । समिक्षा अवधिमा लघुवित्तले ८ करोड ७५ लाख खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँले बढेर ४५ रुपैयाँ १६ पैसा पुगेको छ । जगेडाकोषको रकम झण्डै ७८ प्रतिशतले बढेर २४ करोड ४६ लाख जम्मा भएको छ ।

खुद ब्याज आम्दानी, र सञ्चालक मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो। यस अवधिमा कम्पनीले एक अर्ब ३० करोड निक्षेप संकलन, एक अर्ब ९२ करोड सापटी गरेर तीन अर्ब ५६ करोड कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीले ३० करोड खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा बढेर १.२६ प्रतिशत पुगेको छ। यस्तै प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ ११ पैसा, मूल्य आम्दानी अनुपात १४.४२ गुणा रहेको छ।