आईपीओ जारी गरेपछि गणपति माइक्रोको वित्तीय अवस्थामा देखियो गुणात्मक सुधार

0
Shares

गत आर्थिक वर्ष आईपीओ बिक्री गरेर पूँजी बढाएको गणपति माइक्रोफाइनान्सले सुधारिएको वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आर्थिक वर्षमा गणपतिले तीन करोड ४ लाख खुद नाफा आर्जन गरेको छ। जबकि अघिल्लो वर्ष यसै अवधिमा फाइनान्स २७ लाख नोक्सानीमा रहेको थियो ।
माइक्रोफाइनान्सले निक्षेप, सापट र कर्जा लगानी बढाएर व्यवसाय विस्तार गर्दा खुद ब्याज आम्दानीमा १५७ प्रतिशतले वृद्धि देखिएको हो । समीक्षा अवधिसम्म माइक्रोफाइनान्सले ६ करोड खुद ब्याज आम्दानी गरेको छ ।

माइक्रोफाइनान्सले २३ करोड ७२ लाख निक्षेप संकलन गरेको छ भने ५८ करोड ९९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर ८७ करोड ७५ लाखबराबरको कर्जा परिचालन गरेको छ ।

आईपीको बिक्री गरेर ७ करोड बाट १० करोड ३५ लाख चुक्ता पूँजी बनाएकोे गणपति माइक्रोफाइनान्सको जगेडा कोषमा एक कररोड ७१ लाख जम्मा भएको छ ।

व्यवसाय विस्तार गर्दा पनि लघुवित्तले खराब कर्जा अनुपात घटाएर ०.६९ प्रतिशतमा सिमित गरेको छ । गणपतिको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाा ५७ पैसा तथा मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ ।