मिर्मिरे लघुवित्तको प्रतिशेयर आम्दानी ८७ प्रतिशतले बढ्यो, खुद नाफा दोब्बर

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०६.६९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ६ करोड १४ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यहि अवधिमा लघुवित्तले २ करोड ९७ लाख मात्र कमाएको थियो ।

कम्पनीको नाफा बढ्दा प्रतिशेयर आम्दानी ८६.९८ प्रतिशतले बढेर ४७ रुपैयाँ ७४ पैसा कायम भएको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड ८७ लाख रुपैयाँ छ । जसको जगेडाकोषमा ९ करोड ५८ लाख छ ।

असार मसान्तसम्ममा लघुवित्तले ७७ करोड ५० लाख निक्षेप संकलन, एक अर्ब ६६ करोड सापटीबाट २ अर्ब ४४ करोड कर्जा लगानी गरेको छ । जसबाट १४ करोड ३४ लाख खुद ब्याज आम्दानी गरेको छ । निक्षेप संकलन र कर्जा परिचालन उच्चदरले बढाएको लघुवित्तको खुद ब्याज आम्दानी ७१ प्रतिशतले वृद्धि भएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात ०.५४, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा छ । जसको मूल्य आम्दानी अनुपात १८ रुपैयाँ ८३ पैसा छ ।

राष्ट्रियस्तरको ठूलो लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्स एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।