राष्ट्र बैंकले तोक्यो बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा संचालकलाई उमेरको हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिन जारी गर्दै उमेरको हद तोकेको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अबदेखि ७० बर्ष उमेर पुगेका व्यक्तीहरु बैंक तथा वित्तीय संस्थाको संचालकमा नियुक्त हुन पाउने छैनन् । साथै यो निर्देशीका कार्यान्वयनमा आएसँगै ७४ वर्ष उमेर नाघेका व्यक्तिहरु बैंक तथा वित्तीय संस्थाको संचालक रहेमा तत्कालै पद छाड्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकेको छ । अब देखि ६५ वर्ष पुगेका व्यक्तीहरु प्रमुख कार्यकारीमा नियुक्त हुन सक्ने छैनन् । बहालवाला सिईओहरुले पनि ६९ वर्ष पुगेपछि काम छाड्नुपर्नेछ ।