सिर्जना फाईनान्सको नाफा बढ्यो, गत आर्थिक वर्षमा कमायो साढे १५ करोड

0
Shares

सिर्जना फाईनान्सले आर्थिक वर्ष २०७५/०७६ मा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा २ करोड ४२ लाख अर्थात १८.४६ प्रतिशतले रुपैयाँले धेरै हो ।

अघिल्लो वर्षको यसै अवधिमा फाइनान्सले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि फाइनान्सको नाफा बढेको हो ।

चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड ९ लाख रुपैयाँ संचित छ । गत असार मसान्तसम्ममा ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरको फाइनान्सले ४ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात सुधार भएको छ। अघिल्लो वर्ष १.२५ प्रतिशत रहेको खराब कर्जा अनुपातमा सुधार भएर ०.३४ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा कायम छ ।