इन्भेष्टमेन्ट बैंकको २८ लाख कित्ता शेयर सूचीकरण

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर सूचीकरण भएको छ ।

बैंकले जेबिल्स फाइनान्स प्राप्ती पश्चात जेबिल्स फाइनान्स तर्फको शेयर स्वाप रेसियो अनुसार मिलान गराई बुधबार नेप्सेमा सूचीकरण गरेको हो।

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गरेको थियो । बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

प्राप्ती अघि जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो।

 

प्रकाशित मिति: ३० साउन २०७६, बिहीबार  २० : ०२ बजे