गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस लाभांश वितरण गर्ने

0
Shares

गणपति माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ ह्जार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन्।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

गत वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।