माछापुच्छ्रे् बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

माछापुच्छ्रे् बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बुधबार बसेको बैंक संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैंयाा तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपंैया संचित छ ।