आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।

यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बोलकबोलमा सहभागी भएर ट्रेजरी बिल किन्न सक्छन् ।सरकारलाई आवश्यक पर्ने अल्पकालीन स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ ।