स्पर्स लघुवित्तले १३ प्रतिशत बोनस वितरण गर्ने

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै संस्थाले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ।

संस्थाको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ छ । संस्थाले एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय संचालक समितिबाट गराएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।