जानकी फाइनान्सले २२ प्रतिशत बोनस वितरण गर्ने

0
Shares

जानकी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सकोे आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभंश गरी कुल २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

जानकीको हाल चुक्ता पूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस वितरणपछि पूँजी ६० करोड ४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।