बैंकको ऋण तिरेको ५ दिनभित्र धितो फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले ऋण तिरेको ५ दिनभित्रमा बैंकका ऋणीहरुको धितो फुकुवा गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्दे्शिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था थियो ।

सेवाग्राहीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा बैंक तथा वित्तीय संस्थाले पत्र पठाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण तिरेपछि धितो फुकुवामा ढिलाई गर्ने गरेकाले यस्तो व्यवस्था गरिएको हो ।

यस्तै सेवाग्राहीले बैंकबाट कर्जा लिएर अन्य व्यक्तिलाई सापट दिएमा त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने, विकास बैंक र फाइनान्सले पनि सामुहीक लगानी कोष खोल्न पाउने, एक लाख भन्दा माथिको क्रेडिट कार्डको सुचना कर्जा सुचना केन्द्रलाई जानकारी गराउनुपर्ने, क्रोडिट कार्डको कर्जा नतिर्नेलाई कालोसुचिमा राख्ने लगायतका ब्यावस्था थप गरेको छ ।