लक्ष्मी लघुवित्तले बोनस सहित प्रस्ताव गर्यो २६.३२ प्रतिशत लाभांश

0
Shares

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ २४ गते मंगलबार अपरान्ह बसेको ११३ औं बैंठकले हाल कायम चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशत बोनस तथा कर सहति ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार लघुवित्तले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनश र २ करोड ७३ लाख नगल लाभांशगर िकुल ६ करोड ३६ लाख रुपैयाँ लाभांश वितरण गर्नेछ । बोनश वितरण पछि लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँमा पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबाट स्वीकृती पश्चात कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
गत आर्थिक वर्षमा ११ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ १६ पैसा तथा प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ११ पैसा छ ।

अघिल्लो वर्ष लघुवित्तले २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।