अनाधिकृत रुपमा डिम्याट खोल्ने निक्षेप सदस्यलाई कडा कारवाही गर्ने बोर्डको चेतावनी

0
Shares

नेपाल धितोपत्र बोर्डले अनाधिकृत रुपमा डिम्याट खाता खोलेको पाइएमा कुनै पनि निक्षेप सदस्यलाई धितोपत्र सम्बन्धी ऐन अनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ।

साथै बोर्डले यस्ता गतिविधिहरु हुन नदिन निक्षेप सदस्यहरुमाथि निगरानी बढाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) लाई निर्देशन दिएको छ। निक्षेप सदस्यहरुबाट अनाधिकृत रुपमा डिम्याट खाता खोल्ने गरेको गुनासो आएपछि बोर्डले निक्षेप सदस्यहरुको निरिक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

बोर्डले निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत अनाधिकृत रुपमा हितग्राही (डिम्याट) खाता खोल्ने गरेको, एक व्यक्ति उपस्थित भई अन्य धेरै व्यक्तिको नाममा डिम्याट खाता खोल्ने तथा नविकरण गर्ने गरेको गुनासा पाइएपछि सिडिएससी लाई सो निर्देशन दिएको जनाएको छ ।

सिडिएससीका अनुसार ७३ निक्षेप सदस्यहरु मार्फत हालसम्म १५ लाख ७३ हजार ६२५ वटा डिम्याट खाता खुला भएका छन्।