सूचना प्रविधि (आईटी) मा लगानी बढाउन गभर्नर नेपालको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले साइबर क्राइमको जोखिम न्यूनीकरण गर्न बैंकहरुलाई सूचना प्रविधि (आईटी) मा लगानी बढाउन निर्देशन दिएका छन् ।

नेपाल बैकिंङ इन्टिच्युट (एनबीआई) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘बैकिंङ क्षेत्रमा देखिएको साइबर फ्रड’ विषयक छलफलका क्रममा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थालाई प्रविधिको क्षेत्रमा लगानी बढाउन र समय समयमा आईटी अडिट गर्न निर्देशन दिएका हुन् ।

वित्तीय क्षेत्रमा साइबर आक्रमण जुनै बेला हुन सक्ने भएकाले प्रविधिमा लगानी बढाएर सुरक्षित रुपले बैंकिंङ गर्नुपर्ने उनको भनाई छ । प्रविधिमा गरिएको लगानीले बैंकहरुलाई नाफा बढाउनका साथै सर्वसाधरणको सम्पति सुरक्षाका समेत सघाउ पुग्ने धारणा गभर्नरनको छ।

गभर्नरका नेपालले संस्थागत सुशासन र कर्मचारी तालिममा जस्तै सूचना प्रविधिमा पनि निष्चित प्रतिशत लगानी गर्ने ब्यवस्था गर्न लागिएको जानकारी दिए ।