मर्जरमा जाने प्रस्तावसहित लाभांश पारित गर्न माछापुच्छ्रेले बोलायो साधारणसभा

0
Shares

माछापुच्छ्रे बैंंकले मर्जरमा जाने प्रस्ताव सहित लाभांश पारित गर्न असोज २४ गते शुक्रबार २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा पोखराको होटेल पोखरा ग्राण्डमा हुने छ ।

बैंकले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्ने, वित्तीय विवरण तथा प्रतिवेदन पारित गर्ने, मर्जरमा जान तथा वैदेशिक रणनीतिक साझेदारीमा भित्रयाउनका लागि संचालक समितिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ५ प्रतिशत बोनस शेयर र कर सहित ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरणको लागि बैंकले असोज १० देखि साधारणसभा सम्म बुक क्लोज गर्ने भएकाले असोज ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ ।