एक वर्षपछि शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति सकारात्मक देखिएको छ । एक बर्षपछि मुलुकको शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा पुगेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा ९६ करोडले बचतमा रहेको शोधनान्तर गत आर्थिक वर्षमा निरन्तर घाटामा रह्यो ।

अघिल्लो आर्थिक वर्षको असोजमा ४ अर्ब २७ करोड र कात्तिकमा २ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो महिनामा बचतमा रहेको हो ।

तर, गत आर्थिक वर्षको पहिलो महिनामा भने शोधानान्तर स्थिति २५ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । चालु आर्थिक वर्षको पहिलोमा महिनामा चालु खाता घाटा ९ अर्ब ३७ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलोमा महिनामा यस्तो घाटा २५ अर्ब १६ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता चालु आवको पहिलो महिनामा ८ करोड ४० लाखले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी २९ करोड ५७ लाख रहेको थियो । सरकारले आयातमा गरेको कडाइ तथा रेट्यिान्स आप्रबाहमा समान्य सुधार आएपछि शोधनान्तर बचतमा रहेको हो ।