दशैंका लागि नयाँ नोट सटही सुरु, यी स्थानबाट साट्न सकिन्छ

0
Shares

नेपाल राष्ट्र बैंकले आजदेखि दशैँको लागि नयाँ नोट सटही सुरु गरेकोे छ । राष्ट्र बैंकले राष्ट्र बैंक बाहेक पनि देशका विभिन्न स्थानबाट नोट सटहीको ब्यबस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकले ३ वटा सरकारी बैंकका विभिन्न विभिन्न शाखाहरुबाट दशैंको नयाँ नोट साट्ने व्यवस्था गरेको छ । यस्तै उपत्यकाका २५ बढी शाखाहरुबाट नोट साट्ने व्यवस्था गरिएको छ

बैंकका अनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० को एक एक पाकेट गरि कुल १८ हजार ५ सयको नोट साट्न सक्ने छ । त्यो भन्दा बढी नोट चाहनेलाई सुकिला नोट दिईने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो ।