एभरेष्ट बैंकले अघिल्लो आर्थिक बर्षको भन्दा बढाएर घोषणा गर्योे लाभांश

0
Shares

एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । असोज २६ गते सम्पन्न बैंक सञ्चालक समितिको ३१० औं बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आवमा ५ प्रतिशत बोनस बढाएको हो।

हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ पूँजी पुग्नेछ।