ग्लोबल आईएमई लघुवित्तको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

ग्लोबल आईएमइ लघुवित्तले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले हकप्रदमा नबिकेको ५६ हजार ५६१ कित्ता शेयर असोज २८ गतेदेखि लिलामीमा राखेको थियो ।

लिलामी शेयरमा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा धेरै मूल्य राखेर बोलकबोल आवेदन गर्न सकिनेछ। लघुवित्तको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले कार्तिक ५ गतेसम्म बोलकबोल आवेदन बुझाउन सक्नेछन् ।

कम्पनीले गत साउन २१ देखि भदौ २३ गते सम्म एक बराबर एकको अनुपातमा ११ लाख ४ हजार ५७५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा १० लाख ४८ हजार १४ कित्ता शेयर मात्र बिक्री भएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी २२ करोड ८ लाख पुग्ने छ ।

दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ७०३ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।