मेरो माइक्रोफाइनान्सले कात्तिक २९ गते बोलायो साधारण सभा

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। माइक्रोफाइनान्स सञ्चालक समितिको कात्तिक ५ गते सम्पन्न बैठकले कात्तिक २९ गते शुक्रबार होटल वाटर टावर, नुवाकोट बट्टारमा बिहान ११ बजे साधारण सभा डाकेको हो।

सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको लाभांश ( ३० प्रतिशत बोनस र १.५८ नगद बोनसमा लाग्ने कर प्रयोजनका लागि) अनुमोदन गर्नेछ ।

सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेजी गर्ने (बुकक्लोज) निर्णय गरेको छ । यसअनुसार कार्तिक १९ गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

यसैगरि मेरो माइक्रोफाइनान्स र अन्य उपुयक्त इजाजत प्राप्त घ वर्गका लघुवित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्ने निर्णय कार्य अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

यसैगरि सभाले सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। सातौं वार्षिक साधारण सभामा लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका पाँच वटा साधारण र तीन वटा विशेष गरि ८ वटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा निर्धारण गरिएको छ।