कर्जाको ब्याजदर घट्यो, आधार ब्याजदर ९.५३ प्रतिशत कायम

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको दोस्रो महिनाको तथ्यांक अनुसार बैंकबाट कर्जा लिने ऋणीको ब्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर समेत बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो। अघिल्लो भदौको तुलनामा गत भदौमा बैंकहरुको आधारदर ०.५ प्रतिशत बिन्दुले घटेको छ । अघिल्लो भदौमा १०.०३ प्रतिशतको रहेको बैंकहरुको आधार ब्याजदर ९.५३ प्रतिशत कायम भएको छ।

आधार दर घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर १२.३१ प्रतिशत बाट घटेर ११.९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । गत साउनको तुलनामा भदौ महिनामा बैंकहरुको औषत ऋणको ब्याजदर ०.११ प्रतिशतले घटेको देखिन्छ ।

बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। अघिल्लो भदौसम्म ६.३ प्रतिशत औषत निक्षेपको ब्याज थियो भने यसपाली बढेर ६.८ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । अघिल्लो भदौमा ९१-दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर २.७४ प्रतिशत रहेकोमा गत भदौमा २.७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर(बैंक कारोबारको भारित औषत ब्याजदर १.६८ प्रतिशत बाट बढेर १.६९ प्रतिशत कायम भएको छ ।