शेयर लगानीकर्ता भन्छन् : ‘पूँजी बजारका जिम्मेबार निकाय बेखबर भए, धितोपत्र बोर्डमा बजार बुझेको योग्य व्यक्ति चाहियो’

0
Shares

शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानकर्षण गराउँदै पूँजी बजारको विकास र विस्तारका लागि धितोपत्र बोर्डमा योग्य व्यक्ति नियुक्त गर्न माग राखेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले संयुत्त विज्ञप्ति जारी गर्दे पूँजी बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं रुपैयाँ सम्पति गुमिसक्दा पनि जिम्मेवार निकायहरु बेखबर बनेको भन्दै सरकार तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर घटिरहदा जिम्मेवार निकायहरु बेखबर बनिरहदा लगानीकर्ता मर्मा्हित र स्तब्ध भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा पूँजी बजार सम्बन्धी अध्ययन गरेका, अनुभवी, योग्य, प्राविधिक ज्ञान, पूर्ण दख्खल भएका तथा बजारको सम्पूर्ण समस्या समाधान गर्न सक्ने व्यक्तिलाई तत्काल नियुक्त गर्न समेत माग गरिएको छ ।

विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र शेयर लगानीकर्ता संघ नेपाल का अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेका छन् ।