गरिमा विकास बैंकले बोनस वितरण गरेर चुक्ता पूँजी सवा तीन अर्ब पुर्याउने

0
Shares

गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ। बैंक संचालक समितिको कार्तिक १४ गते बसेको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत बोनस र कर बापत ०.८५ प्रतिशत नगदगरी कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्तापूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ छ । बैंकले ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस वितरण र करका लागि २ करोड ३७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख पुग्नेछ ।