इन्भेष्टमेन्ट बैंकको २९ हजार तथा कुमारी बैंकको एक लाख दश हजार किता संस्थापक शेयर बिक्रीमा

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरको न्युनतम मूल्य प्रतिशेयर २७५ रुपैयाँ तोकिएको छ ।

उक्त शेयरमा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले कार्तिक २१ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन गर्न पाउने बैंकको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

एकाघर परिवारले शेयर खरिद गर्न चाहेमा सीमा भन्दा बढी नहुने गरी प्रस्ताव पेश गर्न बैंकले भनिएको छ । उक्त शेयर खरिदका लागि न्यूनतमा ३ हजार कित्ताका लागि आवेदन गर्नुपर्नेछ ।

यस्तै, कुमारी बैंकले एक लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । हाल विद्यमान संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरिदको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक शेयरधनीले बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटलको कार्यालयमा ३५ दिन भित्र आई पुग्ने गरि आवेदन दिनु पर्ने छ ।